प्रदेश सरकारसँग सूचीकृत भएनन् कोशीका पर्यटकीय होटेल

अभिलेख नहुँदा कोशी प्रदेश भ्रमण वर्षको प्रचारप्रसारमा समस्या

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण
  • कोशी प्रदेशमा पर्यटन कानुन बनेको सात वर्षमा जम्मा तीनवटा पर्यटकस्तरका होटेल मात्र सूचीकृत 

अघिल्लो आर्थिक वर्षलाई पर्यटन पूर्वाधार भ्रमण वर्ष घोषणा गरेको कोशी प्रदेशले ०८३ देखि ०८५ सम्म प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । धेरै पर्यटक आकर्षित गर्न तीन वर्षलाई भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकले खाने–बस्ने पर्यटकीय होटेल, रेस्टुरेन्ट र घुमफिर गर्ने व्यवसायबारे व्यवस्थित अभिलेख छैन । जसले कोशी प्रदेश भ्रमण वर्षको प्रचारप्रसारमा समस्या देखा पर्न थालेको छ ।

कोशी प्रदेश सरकारले ०७६ मा प्रदेश पर्यटन कानुन र ०७७ मा नियमावली निर्माण गरेको थियो । उक्त कानुनले प्रदेशभित्र रहेका पर्यटकस्तरका सबै होटेल, लज, रेस्टुरेन्ट, बार र रिसोर्टदेखि ट्रेकिङ एजेन्सी, पथप्रदर्शक, प्याराग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ, केबलकार, रकक्लाइम्बिङ, वर्डवाचिङ, क्यानोइङ, धार्मिक पर्यटनलगायतका अन्य पर्यटन व्यवसायलाई मातहतका निकायमार्फत प्रक्रिया पुर्याएर सूचीकृत गराउने र अभिलेख राख्नेदेखि मापदण्डको अनुगमन नियमन गर्ने र उल्लंघन गरेमा दण्ड–सजायसमेत गर्ने व्यवस्था गरेको छ ।

तर, कानुन बनेको सात वर्षमा पनि कोशी प्रदेशको पर्यटन मन्त्रालयमा हालसम्म जम्मा तीनवटा पर्यटकीय होटेल दर्ता मात्र भएका छन् । जबकि, कोशी प्रदेशभित्र करिब १० हजारसम्म पर्यटकस्तरका होटेल, लज, रेस्टुरेन्टदेखि कफी सप सञ्चालनमा रहेको अनौपचारिक तथ्यांक छ ।
 

See More On

सुझावित समाचार