त्रिशूली–१ जलविद्युत् आयोजनाबाट थप ११ जनाकाे शव फेला

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

गत भदाै १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा ११ वटा शव फेला परेका छन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो।

फेला परेका ११ वटै शवलाई आज २०८३ आश्विन ३ गते उद्धार गरी बाहिर निकालिएको जनाइएको छ। घटनापछि सम्पर्कविहीन अन्य व्यक्तिहरूको खोजी कार्य भने जारी रहेको छ। उद्धार टोलीले टनेललगायत सम्भावित क्षेत्रमा थप खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सुझावित समाचार