विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । 

मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा शुक्रबार कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ ।

विद्यालय शिक्षा विधेयकको मस्यौदासम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ । कार्यदललाई विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेटेर दीर्घकालीन सोचका आधारमा विधेयकको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ। 
 

सुझावित समाचार