स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भएका छन्।

मन्त्रिपरिषद्को ०८३ भदौ २९ गतेको बैठकबाट स्वीकृत भएपछि मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (नियमन तथा नियन्त्रण गर्ने) ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो।

स्वास्थ्य क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउँदै सेवा प्रवाह, मातृ तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यी विधेयक अघि बढाएको हो।

मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएसँगै तीनवटै विधेयक अब संघीय संसद्को विधायन प्रक्रियामा प्रवेश गरेका छन्।

सुझावित समाचार