लागुऔषध मुद्दाका अभियुक्तलाई छुटाइदिने आश्वासनमा पैसा असुल्ने बिचौलिया अदालतभित्रैबाट पक्राउ

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

लागुऔषध मुद्दाका अभियुक्तलाई अदालतबाट छुटाइदिने भन्दै पैसा लेनदेन गर्ने दुईजना पक्राउ परेका छन्। नुवाकोटको सूर्यगढी नगरपालिका– ६ घर भएका बिचौलिया अजय थापामगर र पैसा बुझाउने विदुर नगरपालिका– ९ का हरिराम गिरी जिल्ला अदालत, काठमाडौं परिसरभित्र शुक्रबार पक्राउ परेका हुन्। 

लागुऔषध मुद्दामा पक्राउ परेका प्रतिवादी विमल घलेको शुक्रबार थुनछेक आदेश हुँदै थियो। अदालतमा सेटिङ मिलाएर उनलाई छुटाइदिने भन्दै थापाले चार लाख ८० हजार लिएका थिए। पैसासहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए। 

उता लागुऔषध मुद्दाका प्रतिवादी घलेलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

सुझावित समाचार