जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

इलामको देउमाई नगरपालिका– १, साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका– १, चमैताका अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको हो। सडकमा पल्टिएको जिपले थिच्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार