आइपिएलको मिनी अक्सन भारतमै हुने

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ । विगत केही वर्षदेखि आइपिएलको अक्सन भारतबाहिर हुँदै आएको थियो । आइपिएलको गभर्निङ काउन्सिलको बुधबारको बैठकले अक्सन भारतमै हुने निर्णय गरेको भारतीय एजेन्सीहरूले जनाएका छन् ।

सन् २०२३ को अक्सन कोचीमा आयोजना भएको थियो । त्यसपछि दुबई, जेद्दाह र अबुधाबीमा भएका थिए । अक्सन आगामी मेमा हुनेछ । आइपिएलको मेगा अक्सन विदेशमा आयोजना हुनेछ । मिनी अक्सनका क्रममा प्रतिनिधिमण्डल विदेश लैजाँदा व्यवस्थापकीय कमजोरी र सञ्चालनसम्बन्धी कठिनाइबारे फ्रेन्चाइजले बिसिसिआईमा गुनासो राखेका थिए ।

बिसिसिआईले आइपिएलमा सहभागी फ्रेन्चाइजहरूको प्रस्ताव स्वीकार गरी मिनी अक्सन भारतमै गराउन लागेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो भारतको कुन सहरमा हुने निर्णय भएको छैन । बिसिसिआईले फ्रेन्चाइजको सल्लाहबाट इम्प्याक्ट प्लेयर नियम हटाउने योजना बनाएको छ । बिसिसिआईले फ्रेन्चाइज टोलीसँग इम्प्याक्ट प्लेयरको अवधारणा मागेको थियो ।

See More On

सुझावित समाचार