प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले ६१ लाख ६२ हजार ५०८ रुपैयाँ जम्मा गरेका छन् ।
आयोगका पदाधिकारीहरूको १५ दिनको, आयोगका सचिवको १०, आयोग र मातहत कार्यालयका निजामती–प्रहरी सेवाका सहसचिव र सोसरहका राष्ट्रसेवक कर्मचारीहरूको १० दिनको, उपसचिव–शाखा अधिकृत र सोसरहका राष्ट्रसेवक कर्मचारीहरूको सात दिनको तलब काटेर कोषमा जम्मा गरिएको हो ।
त्यस्तै, राजपत्र अनंकित राष्ट्रसेवक कर्मचारीहरूको पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरूको दुई दिनबराबरको तलब स्वैच्छिक रूपमा कट्टा गरी जम्मा कोषमा जम्मा गरिएको आयोगले जनाएको छ।