जिडब्ल्युएमकाे ओरा ५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अवार्ड

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा आफ्नो निरन्तर पहिचान बनाउँदै आएको जिडब्ल्युएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले टोरिनो अटोमोटिभ डिजाइन अवार्डस् २०२६ मा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।

ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ तथा ट्यांक ३०० ले प्रिमियम कार विधाअन्तर्गत ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेका हुन्। यो सम्मानले जिडब्ल्युएमका फरक–फरक मोडलमा देखिएको डिजाइन र प्रविधिको क्षमतालाई उजागर गरेका कम्पनीले जनाएको छ।

ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, अफ–रोड क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ।

‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको ओरा ५ को इन्टेरियर आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ। आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिटको संयोजन, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताको विद्युतीय सवारीको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।

यसैगरी, ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ प्राप्त गरेको ट्यांक ३०० ले जिडब्ल्युएमको प्रिमियम एसयुभी तथा अफ–रोड प्रविधिमा रहेको क्षमतालाई प्रस्तुत गर्ने कम्पनीको जिकिर छ।

नेपालमा जिडब्ल्युएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न सेग्मेन्टमा जिडब्ल्युएमका मोडलहरू विस्तार गरिरहेको छ।

सुझावित समाचार