नेप्सेमा २१ अंकको गिरावट

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक २१.१९ अंकले घटेर दुई हजार ६१२.४२ विन्दुमा झरेको छ।

आजको कारोबारमा बजारका सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। कुल ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

परिसूचक घटे पनि कारोबार रकम भने पाँच अर्ब रुपैयाँभन्दा माथि रहेको छ। दिनभर विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता सेयर कुल पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ रुपैयाँबराबरमा कारोबार भएका छन्।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७७ अंकले घटेर ४६३.६८ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.५० अंकले घटेर १७९.६३ विन्दुमा र सेन्सेटिभ फ्लोट सूचक १.३२ अंकले घटेर १५६.५८ विन्दुमा सीमित भएको छ।

सुझावित समाचार