ठमेल क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ। विभिन्न बहानामा पर्यटकलाई हैरानी गर्ने, लागुऔषध कारोबार गर्ने, डान्सबारमा लैजान दलाली गर्ने तथा यौनजन्य व्यापारमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाउपर विस्तृत छानबिन भइरहेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए। पक्राउ परेकामध्ये ३५ जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको छ। जसमा २२ महिला छन्।