अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेअनुसार कार्ययोजना जारी भएको हो।
२१ बुँदे कार्ययोजनामा आइपिओ जारी गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका बनाउने, नीतिगत तथा कानुनी सुधार गरी पुस मसान्तभित्र लागू गर्ने उल्लेख छ। कार्ययोजनामा पूँजीगत लाभकर घटाइने उल्लेख छ। यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आकलन गरिएको छ।
त्यस्तै, नेप्सेको पुनर्सरचना तत्काल अघि बढाउने, धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक मंसिरभित्र जारी गर्नेलगायत छन्।
यस्तो त कार्ययोजना: