खोलाले बगाउँदा वृद्धाको मृत्यु

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

बर्दियामा भैँसी चराउन गएकी वृद्धा महिलालाई खोलाले बगाउँदा मृत्यु भएको छ । मधुवन नगरपालिका- १, छोड्की टडुवामा  बस्दै आएकी ६९ वर्षीया बालकुमारी शाहीलाई ओराही खोलाले बगाउँदा उनको मृत्यु भएको हो। 

ठाकुरबाबा नगरपालिका- ३, गोदाना घर भएकी शाही मधुवन नगरपालिका- १, छोड्की टडुवामा बुहारीको साथमा बस्दै आएकी थिइन्। सोमबार दिउँसो करिब १ बजे भैँसी चराउन गएको समयमा ओराही खोलाले शाहीलाई  बगाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

खोलाले बगाएपछि स्थानीयले शाहीलाई उद्धार गरी घरमा ल्याएका थिए। तर, घर ल्याउनेबित्तिकै शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। 

मृतक शाहीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार