नख्खु कारागारबाट भागेका एक कैदी ठगी आरोपमा पक्राउ

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

सुनजस्तो धातु देखाएर एक करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ।

गत बिहीबार बेलुकी ६ बजेतिर टोखा नगरपालिका– ९ मिलन टोलस्थित एक गेष्ट हाउसबाट प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले ओखलढुङ्गाको सिद्विचरण नगरपालिका– १ घर भई नयाँ बसपार्क बस्ने अनिष थापा मगरलाई पक्राउ गरेको हो।

मगरले सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटकपटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी जबरजस्ती करणी कसूर मुद्दाको कैदी रहेको र गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट भागेको खुलेको छ।

उनीमाथि प्रहरीले ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार