प्रभु बैंकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले एक सय थान टेन्ट तथा एक सय थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको हो ।
बैंकले उपलब्ध गराएको राहत सामग्री बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले दुई करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरिसकेको छ ।