शिवश्री हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

शिवश्री हाइड्रोपावर लिमिटेडको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । दुवै संस्थाबिच सेयर रजिस्ट्रार सेवा प्रदान गर्ने गरी सम्झौतासमेत भएको छ ।

शिवश्रीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका सेयर रजिस्ट्रारसम्बन्धी काम–कारबाही गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।

क्यापिटलले २ असोजदेखि शिवश्रीको सेयर रजिस्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ । यससँगै कम्पनीका सेयरधनीलाई आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित कार्यमा आवश्यक सहजीकरण एवं सेवा प्रदान गरिने बताइएको छ ।

सुझावित समाचार