एनआइसी एसिया क्यापिटल लिमिटेडको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।
सोही सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको हो ।