सरकारलाई खगेन्द्रको प्रश्न– भ्रष्टाचारको आरोप लागेका प्रहरी महानिरीक्षकमाथि किन अनुसन्धान भएन ?

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

करोडौँ भ्रष्टाचार गरेको आरोप लागेका प्रहरी महानिरीक्षकलगायतमाथि छानबिन नगरेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले सरकारलाई प्रश्न गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीलाई चोरीको आरोप सामान्य नहुने भन्दै करोडौँको भ्रष्टाचारको आरोप लागेकालाई बर्खास्त नगरेर सरकारले नै संरक्षण गरेको आरोप लगाए।

सामान्य आरोपको भरमा तीनजना मन्त्री नै बर्खास्त भइसकेका उल्लेख गर्दै उनले भने, ‘तर, करोडौँ–करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठुला अधिकारीहरूमाथि अख्तियारदेखि सार्वजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्तामोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडाैँ–करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ?’

सुझावित समाचार