लुम्बिनी विकास र टिएम डेन्टलबिच सम्झौता

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

 लुम्बिनी विकास बैंक लिमिटेड र ललितपुरस्थित टिएम डेन्टल क्लिनिक प्रालिबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले क्लिनिकमा ओपिडी रजिस्ट्रेसन, आरभिजी एक्सरे, डेन्टल क्यारिज फिलिङ, स्केलिङ, एक्स्ट्राक्सन, क्राउन, डेन्चर तथा ब्लिचिङलगायतका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, दाँत प्रत्यारोपण सेवामा पाँच प्रतिशत छुट उपलब्ध हुने बताइएको छ । सो छुट बैंकका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागि हुनेछ । 

सुझावित समाचार