प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा सम्माननीय प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू तीव्र पारिएको बताए। साथै, उनले बेपत्ता सबै नागरिकहरूको खोजीकार्यलाई पनि प्राथमिकतामा राखिएको बताए।
उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलरबराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे।प्रधानमन्त्रीले जलवायुजन्य विपतका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यानड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गरे।
सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेका थिए ।