देवीघाटमा एक्रो ब्रिज सञ्चालनमा

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमा नेपाली सेनाले पाँच दिनमै निर्माण सम्पन्न गरेको एक्रो ब्रिज आजदेखि सञ्चालनमा आएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध यातायात सहज बनाउन सेनाले पुल जडान गरेको हो। आजदेखि पैदलयात्रीका लागि खुला गरिएको पुल शुक्रबारदेखि सवारीसाधनका लागि समेत सञ्चालनमा आउने जनाइएको छ।

पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार