बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी, सांसदद्वारा सरकारको ध्यानाकर्षण

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको बिल तिर्न नसक्दा एक महिलाले अस्पतालको गेटबाहिरै शिशु जन्माउनुपरेको घटनाप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राजविराज नगरपालिका– १४ की बबिता पासवानसँग अस्पतालले मागेको तीन हजार दुई सय रुपैयाँमध्ये दुई हजार पाँच सय रुपैयाँ मात्र भएको र सात सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको सांसद खगेन्द्र कर्णले बताएका छन्।

रास्वपा सांसद कर्ण र अंकिता ठाकुरले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न तथा आर्थिक अभावका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

सांसदहरूले संविधानले स्वास्थ्यको हक सुनिश्चित गरे पनि गरिबीका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु गम्भीर र लज्जास्पद भएको बताएका छन्।

सुझावित समाचार