विपत्तिको घाउमाथि मूल्यवृद्धि र कालोबजारीको जोखिम बढ्याे : सांसद अधिकारी

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद लिमा अधिकारीले नागरिकलाई विपत्तिको घाउमाथि मूल्यवृद्धि र कालोबजारीको जोखिम बढ्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद अधिकारीले बाढीका कारण मुख्य राजमार्गहरू क्षतिग्रस्त रहेको र चीनतर्फको तातोपानी र रसुवागढी नाका बन्द रहेको उल्लेख गर्दै यस्तो बताएकी हुन्। चाडबाडमा उपभोग्य वस्तुको भाउ आकासिने निश्चित रहेको बताउँदै अधिकारीले सम्बन्धित मन्त्रालयहरूबिच उच्चस्तरीय समन्वय गर्न माग गरिन्।

‘विपत्तिको घाउमाथि अर्को ठुलो संकट थपिँदै छ। तातोपानी र रसुवागढी नाका बन्द छन्, बिपी राजमार्ग छिन्नभिन्न छ, पृथ्वी राजमार्गको कृष्णभिर अवरुद्ध छ। वैकल्पिक नाका कोरोलातर्फको भौगोलिक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणाभन्दा बढी महँगो छ। यसले चाडबाडमै उपभोग्य वस्तुको भाउ आकासिने निश्चित छ। सरकारले वेलैमा ध्यान नदिए इन्धन, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव हुने छ,’ उनले भनिन्।

सुझावित समाचार