प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हाल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा कोषको नेपाली रुपैयाँतर्फ रु. नाै अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात रहेको छ।

त्यसैगरी, कोषका दुईवटा बैंक खातामा अमेरिकी डलरतर्फ दुई करोड १६ लाख ३७ हजार ६९१ डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल रु. १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ उपलब्ध रहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ रु. १७ करोड २५ लाख ६९ हजार ६७५ तथा अमेरिकी डलरतर्फ दुई लाख ७४ हजार ६२ डलर थप संकलन भएको थियो।

यसैबिच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत तथा उद्धार कार्यमा खर्च गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट रु. एक अर्ब निकासा गरिएको थियो।

सुझावित समाचार