प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, उद्धार तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिने र आवश्यक स्रोत–साधन परिचालन गर्ने विषयमा पनि बैठक केन्द्रित हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार