नेपाल एसबिआई बैंकद्वारा दैवीप्रकोप उद्धार कोषमा एक करोड ३१ लाख सहयोग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले हालै आएको भाेटेकोशी नदीको बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. एक करोड ३१ लाख सहयोग प्रदान गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत बैंक तथा कर्मचारीहरूको स्वैच्छिक सहयोगसमेत समेटिएको उक्त रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्यलगायत नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति थियो।

बैंकले विपतकाे कठिन समयमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग उपलब्ध गराउने आफ्नो सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाएको जनाएको छ।

नेपाल एसबिआई बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै प्राकृतिक विपतबाट प्रभावित समुदायको पुनरुत्थान, पुनर्स्थापना तथा समग्र कल्याणमा योगदान पुर्याउँदै आएको जनाएको छ। संकटका समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

सुझावित समाचार