एनआइसी एसिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित शुक्र हाउस अफ डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेबारे समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र सेन्टरका तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरेका हुन् ।
बैंकका ग्राहकले शुक्र हाउसमा सेवा लिँदा २५ प्रतिशतसम्म छुट सुविधा पाउनेछन् । द्विपक्षीय समझदारीअनुसार अस्पतालमा उपलब्ध तीन दर्जन सेवामा छुट हुनेछ । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।