बाढीपीडितको उद्धार तीव्र बनाउन कांग्रेसको माग

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले भोटेकोशी तथा रसुवामा आएको बाढीपछि सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख सचेतक बासना थापाले आवश्यक जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरण परिचालन गरी खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले संकटका वेला सत्ता जोगाउनेभन्दा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। रसुवामा बाढी आएको दुई साताभन्दा बढी बितिसक्दा पनि उद्धारले अपेक्षित गति लिन नसकेको भन्दै उनले सम्पर्कविहीन नागरिकको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन माग गरिन्।

सुझावित समाचार