एनआइएमबी एस क्यापिटल र एनआइबिएल इक्विटी पार्टनर्सका कम्पनीबाट ५६ लाख सहयोग

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआइएमबी एस क्यापिटल, एनआइबिएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीबाट ५६ लाखभन्दा बढी सहयोग गरिएको छ । उक्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । 

जसअन्तर्गत एनआइएमबी एस क्यापिटल, एनआइबिएल इक्विटी पार्टनर्सबाट २१ लाख र एनआइबिएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । 

सुझावित समाचार