आजको संसद् बैठकलाई रवि लामिछानेले सम्बोधन गर्ने

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार आज दिउँसो १ बजेबाट सुरु हुने संसद् बैठकमा लामिछानेकाे सम्बोधनका लागि सभामुखसँग समय माग गरिएको छ।

बुर्लाकोटीले सम्पादक तथा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै लामिछानेका लागि सदनमा सम्बोधन गर्ने समय उपलब्ध गराउन सभामुखसमक्ष अनुरोध गरिएको बताएका हुन्।

लामिछानेले कुन विषयमा सम्बोधन गर्ने भन्नेबारे भने विस्तृत जानकारी दिइएको छैन।

सुझावित समाचार