इटहरीमा लामिनारको नयाँ साेरुम उद्घाटन, टायल छनाेट अब गुणस्तर र प्रयोगमा आधारित

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगाडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एन्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो ।  

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटेल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनारका सोरुमहरूमा फुलबडी, एन्टिब्याक्टेरियल सर्फेस र हाई–ग्लस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन्। कम्पनीका अनुसार सोही कारखानाबाट दैनिक एक लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुने गरेको छ।

पछिल्लो समय इटहरीमा घर, व्यवसायिक भवन र विभिन्न निर्माण आयोजनाहरू विस्तार भइरहेका छन्। यससँगै टायल छनोट गर्दा केवल डिजाइन मात्र नभई कुन ठाउँमा कस्तो टायल प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिन थालिएको छ । 

यी सोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन्। सोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको छ। 

लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले भने, ‘लामिनारका साेरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकताअनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।’

कलर हाउस एन्ड सेनेटरीका सञ्चालक कमल कार्कीले भने, ‘अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो सोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।’

सोरुमलाई केवल बिक्री केन्द्रभन्दा पनि सल्लाह लिन सकिने ठाउँका रूपमा बनाइएको कम्पनीले जनाएको छ। यहाँ टायल छनाेट गर्दा डिजाइनसँगै प्रयोग हुने ठाउँ, चिप्लिने सम्भावना, टिकाउपन र मर्मतको सहजताजस्ता कुराहरू पनि हेर्न सकिन्छ। अहिले बजारमा यस्तो सोच विस्तार हुँदै गएको कम्पनीको भनाइ छ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुली, घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख राजनकुमार पाण्डेका साथै होटेल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रकाश आचार्यको उपस्थित रहेको थियो ।  

लामिनारले देशभर एम्पोरियो सोरुम सञ्जाललाई थप विस्तार गर्ने र उपयोगिताअनुसार टाइल बुझ्ने र छनोट गर्ने प्रक्रियालाई अझ व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी सोरुमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।

सुझावित समाचार