अनर ६०० प्रो ५१२ जिबी अन्ततः नेपालमा आइपुगेको छ। अनरले नयाँ अनर ६०० प्रो १२ जिबी र्याम+५१२ जिबी स्टोरेजसहित सार्वजनिक गरेको छ, जसले प्रिमियम डिजाइन, शक्तिशाली प्रदर्शन, उत्कृष्ट फोटोग्राफी र ठुलो ब्याट्रीलाई एउटै स्मार्टफोनमा प्रस्तुत गर्दछ।
प्रभावशाली अनुभवका लागि डिजाइन गरिएको अनर ६०० प्रो मा ६.५७ इन्च एमोलेड डिस्प्ले र ८००० निट्ससम्मको ब्राइटनेस छ। यसले उज्यालो बाहिरी वातावरणमा समेत उत्कृष्ट स्पष्टता र जीवन्त दृश्य प्रदान गर्छ।
फोटोग्राफीलाई उत्कृष्ट बनाउन अनर ६०० प्रोमा शक्तिशाली २०० एमपी+५० एमपी+१२ एमपी ट्रिपल रियर क्यामेरा सिस्टम रहेको छ। त्यस्तै, सेल्फी र भिडियोकलका लागि ५० एमपी फ्रन्ट क्यामेरा छ।
अनर ६०० प्रोको मुटुमा रहेको शक्तिशाली स्न्यापड्रयागन ८ इलाइट प्रोसेसरले गेमिङ, मल्टिटास्किङ, हेभी एप्स तथा दैनिक प्रयोगमा फ्ल्यागसिप स्तरको प्रदर्शन प्रदान गर्छ। १२ जिबी र्यामले एपहरूबिच सहज रूपमा स्विच गर्न तथा एकैपटक धेरै काम गर्न अझ सहज बनाउँछ। स्मार्टफोनमा एन्ड्राेइड १६ मा आधारित म्याजिक ओएस १० रहेको छ।
नयाँ भेरियन्टको मुख्य आकर्षण यसको ५१२ जिबी स्टोरेज हो।१२ जिबी र्याम र ५१२ जिबी स्टोरेजको संयोजनले अनर ६०० प्रोलाई शक्तिशाली प्रदर्शनसँगै पर्याप्त स्टोरेज चाहने प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बनाएको छ। अनर ६०० प्रोमा ७००० एमएएच ब्याट्री छ, जसलाई ८० वाट अनर सुपर चार्जर सपोर्ट गर्छ।
अनर ६०० प्रो १२ जिबी+५१२ जिबीको मूल्य एक लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो अब नेपालभरका अधिकृत अनर स्टोरहरूमा उपलब्ध छ।