आज मंगलबार काठमाडौंमा ६ कम्पनीका ११ हजार २९५ थान ग्यास सिलिन्डर मात्रै डिलरमार्फत वितरण भएको छ । आयल निगमको एलपिजी विभागका अनुसार एभरेस्ट ग्यासको २८ वटा डिलरमा तीन हजार ४७५ थान ग्यास सिलिन्डर वितरण भएको छ ।
त्यस्तै, श्रीमाया ग्यासको १४ डिलरबाट एक हजार २९१ थान ग्यास सिलिन्डर वितरण भएको निगमले जनाएको छ । सुगम ग्यासको १५ डिलरमा दुई हजार ४२३ थान ग्यास सिलिन्डर पुगेको छ ।
साल्ट ट्रेडिङ स्वामित्वको एसटिसी ग्यासको ४४ वटा डिलरमा दुई हजार १४६ थान ग्यास सिलिन्डर पुगेको छ । त्यस्तै, सीताश्री ब्रान्डको ग्यास सिलिन्डर ११ वटा डिलरमा एक हजार ६ सयवटा वितरण भएको छ । श्रीराम ग्यासको नाैवटा डिलरमा ३६० ग्यास पुगेको छ ।
कृष्णभिरमा गएको पहिरोका कारण उद्योगीले त्रिभुवन राजपथबाट ट्रकमार्फत ग्यास ल्याइरहेका छन् । तर, मागअनुसार उद्योगीले ग्यास ल्याउन सकेका छैनन् ।