स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु गरिएको छ । स्वरोजगारले विन नेपाललाई प्राप्ति गरी स्वरोजगार लघुवित्तका नामबाट आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको हो । स्वरोजगारका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे तथा विन नेपालका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा उक्त एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।
एकीकृत कारोबारसँगै संस्थाको शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबारलाई एउटै संस्थामार्फत सञ्चालन गरिनेछ । यसबाट संस्थाको वित्तीय क्षमता तथा सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको छ ।एकीकृत कारोबारअघि स्वरोजगारको चुक्ता पुँजी ८९ करोड ५६ लाख र विन नेपालको आठ करोड ४३ लाख थियो । दुवै संस्था एक–आपसमा गाभिएपछि ९७ करोड ९९ लाख पुगेको छ ।
त्यस्तै, एकीकृत कारोबारपछि कुल शाखा संख्या एक सय १२, सक्रिय सदस्य संख्या एक लाख ३२ हजारभन्दा बढी तथा कर्मचारी संख्या करिब ६ सय १९ पुगेको संस्थाले जनाएका छ । साथै, एकीकृत संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड र कुल बचत करिब पाँच अर्ब ८८ करोड पुगेको बताइएको छ ।