चौधर नदीको बाढीले कञ्चनपुरमा वेदकोट नगरपालिका– ४, बैतडा–घटालनाथ जोड्ने झोलुंगे पुल भत्काएको छ।
गएरातिको बाढीले पुलको एकातर्फको पिल्लर भत्काएपछि पुल चुँडिएको हो। पुल भत्किएपछि स्थानीयलाई पालिकादेखि प्रदेश मुकाम सिसैया, महेन्द्रनगर, धनगढीसहित आसपासका क्षेत्रमा आउजाउ गर्न समस्या भएको छ।
बाढीबाट ज्ञानज्योति बाल विकास केन्द्र, सार्कीपार्की टोलसहितका गाउँबस्ती जोखिममा छन्। बाढीले भत्काएकोे पुल छिट्टै पुनर्निर्माण गरिने वेदकोट नगरले जनाएको छ।