बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बिमाको सहभुक्तानी र क्यापिङ हटाइएको छ। स्वास्थ्य बिमा बोर्डको सोमबारको बैठकले तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र तोकिएको तीन जिल्लाका लागि सो निर्णय गरेको हो।
यी क्षेत्रका बिमितहरूको स्वास्थ्य बिमा परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आइएमआइएस युजर प्रणालीमार्फत स्वास्थ्य बिमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउने निर्णय बोर्डले जनाएको छ।
