महाकाली नदीको भिडियो बनाउने क्रममा किशाेरी बेपत्ता

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

उर्लिँदो महाकाली नदीको भिडियो बनाउने क्रममा कञ्चनपुर दोधाराचाँदनीकी एक किशोरी बेपत्ता भएकी छिन्। सोमबार दिउँसोतिर महाकाली तटीय क्षेत्रमा नदीको भिडियो खिच्ने क्रममा दोधाराचाँदनी नगरपालिका– १०, लटाली टोलकी १४ वर्षीया सृष्टि सुनार बेपत्ता भएकी हुन्।

भिडियो बनाउने क्रममा खुट्टा चिप्लिएर उनी नदीमा बेपत्ता भएकी हुन्। बेपत्ता किशाेरीको खोजीकार्य भइरहेको छ। नदीको बहाब उच्च भएकाले खोजीकार्यमा समेत समस्या भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका गणपति (एसपी) प्रेमप्रकाश सिग्देलले बेपत्ता किशाेरीको खोजीकार्यका लागि टोली परिचालन गरिएको बताए।

सुझावित समाचार