सुन तोलामा दुई हजार चार सय रुपैयाँ सस्तियो

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर तीन लाख एक हजार नाै सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ७२५ रुपैयाँ कायम भएको थियो।

सुझावित समाचार