इन्फिनिटी लघुवित्तले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालनसम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरेको जनाइएको छ ।
संस्थाले २०–२१ भदौमा १५ वटा स्टेसनमार्फत एक सय दुईवटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतले गरेका थिए ।