एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गरेपछि आइतबार इंग्लिस प्रिमियर लिगमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई २–२ को बराबरीमा रोक्दै महत्वपूर्ण १ अंक बटुलेको छ । रेफ्रीले खेल सकिएको अन्तिम ह्विसल बजाउन लाग्दा नाइल्सले डिबक्स बाहिरबाट पहिलो बारमा उत्कृष्ट गोल गर्दै एभर्टनलाई २–२ को बराबरीका लागि गोल गर्दा युनाइटेडका समर्थक स्तब्ध बनेका थिए ।
हिल डिकिन्सन रंगशालामा भएको प्रतिस्पर्धामा पाहुना टोली युनाइटेडले दुईपटकको अग्रता रक्षा गर्न सकेन । खेलको ८८औँ मिनेटमा बेन्जामिन सेस्कोले डिबक्सभित्र हेडिङ गोल गर्दा युनाइटेड २–१ ले अगाडि रह्यो । युनाइटेडले निर्धारित ९० र ६ मिनेटको इन्जुरी समयमा एभर्टनमाथि दबाब बढाउन सकेन । यसविपरीत एभर्टन युनाइटेडको पोस्टमा बराबरी गोलका लागि प्रयासरत देखिन्थ्यो । उसले अन्तिम क्षणमा गोल फर्काउँदै बराबरी गर्यो । बराबरीसँगै एभर्टनले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ४६औँ मिनेटमा ब्रायन एम्बुमोले युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले मिनाओको सटीक पासमा गोल गरेका हुन् । एभर्टनले लगातार दबाब बनाएपछि खेलको ८३औँ मिनेटमा टाइरिक जर्जको गोलमा खेल १–१ को बराबरीमा ल्यायो । एभर्टनले नाटकीय पुनरागमन गर्यो । नाइल्सले लामो दूरीबाट गरेको शक्तिशाली प्रहार गोलको माथिल्लो बायाँ कुनामा छिरेको थियो ।
इन्टर र रोमा अपराजित
इन्टरमिलान र रोमाले इटालियन सिरी ‘ए’मा लगातार तेस्रो जित निकालेका छन् । इन्टर र रोमाले प्रतिस्पर्धामा पुनरागमन जित निकालेका हुन् । लगातार तेस्रो जितपछि रोमा र इन्टरले समान ९ अंक जोडेका छन् । समान अंक भए पनि गोलअन्तरमा रोमा शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंकसहित रोमा पहिलो स्थानमा छ ।
रोमाले शनिबार राति भएको खेलमा एट्लान्टालाई २–१ ले हरायो । रोमाको जितमा मारिओ हेर्माेसो र माटिआस
सोउलेले समान एक गोल गरेका थिए । खेलको ४७औँ मिनेटमा एट्लान्टाका इडर्सनले १–० को अग्रता दिलाएका थिए । तर, खेल सकिन चार मिनेट बाँकी रहँदा रोमाले दुई गोल गरी सिरी ‘ए’मा लगातार तेस्रो जित निकाल्यो ।
इन्टरले नेपोलीलाई ३–२ ले हरायो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । इन्टर र नेपोलीले दोस्रो हाफमा गोल गरेका हुन् । अर्जेन्टिनी लौटारो मार्टिनेज चम्किएपछि इन्टर प्रतिस्पर्धामा एक समय २–० ले पछि परे पनि जित निकाल्न सफल भएको हो । नेपोलीले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गरेको थियो । नेपोलीका लागि माटेओ पोलिटानो र रस्मस होजिउन्डले गोल गरेका थिए ।
इन्टरका मार्टिनेजले दुई तथा मार्कुस थुरामले अर्काे गोल थप्दा इन्टरले पनि लगातार तेस्रो जित हात पा¥यो । प्रतिस्पर्धा २–२ को बराबरतर्फ अग्रसर रहँदा मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका हुन् ।