जलेश्वरमा महिलाको शव फेला

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका– ३ स्थित खरबारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला परेको छ। आइतबार बिहान घाँस लिन खेतमा गएकी महिलाले शव देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन्।

शव विवाहितजस्तो देखिने अन्दाजी ३० वर्षीया महिलाको भए पनि पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम सारूमगरले बताए। शव पोस्टमार्टमका लागि पठाइएको छ।

घटनास्थलमै रहेको सानो पोखरीबाट प्रहरी टोलीले पुरुषले लगाउने रगत लागेको सर्ट र तौलिया बरामद गरेको छ।

सुझावित समाचार