सुबिसुद्वारा नि:शुल्क वाइफाई इन्टरनेट सेवा

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा नि:शुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध गराएको छ । कम्पनीले नुवाकोटको विदुर– ५, पिपलटारस्थित चन्द्रज्योति मावि र विदुर– ८, हात्तीगौँडास्थित भैरुम माविमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । ती स्थानमा बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै यो सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार भैरुम माविमा दुई सय र चन्द्रज्योति माविमा चार सय गरी ६ सयजनालाई नि:शुल्क वाइफाई इन्टरनेट सेवा प्रदान गरिएको हो । बाढी प्रभावित नागरिकका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने कम्पनीको उद्देश्य छ ।

विपत्को समयमा गरिएको यो सहयोगले राहत शिविरमा रहेका परिवारलाई सहजता प्रदान गरेको कम्पनीको भनाइ छ । सुबिसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

See More On

सुझावित समाचार