सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविन सिजापति नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका सिजापति यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत थिए । उनीसँग बैंकिङ क्षेत्रको लामो कार्यअनुभव छ ।