युटिएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो, ३१ अर्ब तिर्न बाँकी

शुक्रबारसम्म लाइसेन्स नवीकरणका लागि युटिएलले शुल्क र जरिवाना नतिर्दा गुज्रियो म्याद

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को लाइसेन्स नवीकरण गर्ने म्याद सकिएको छ । युटिएलले नियमअनुसार शुक्रबारसम्म रहेको अन्तिम समयसम्म नवीकरण शुल्कबापत २० अर्ब रुपैयाँ नबुझाएपछि अनुमतिपत्रको म्याद स्वतः सकिएको हो । दूरसञ्चार प्राधिकरणले २० भदौ ०७३ मा युटिएललाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र दिएको थियो ।

सरकारले ०६९ चैतमा युटिएल र स्मार्ट टेलिकम प्रालिलाई एकीकृत दूरसञ्चार अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिने नीतिगत निर्णय गरेको थियो । त्यसको साढे तीन वर्षपछि युटिएललाई २० भदौ ०७३ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं बिटिएसएल–०२) प्रदान गरिएको थियो । यस अनुमतिपत्रको म्याद १० वर्षको हुन्छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार सेवाप्रदायकले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा तीन महिनाअगाडि नै नवीकरण शुल्क बुझाएर प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था छ । तर, युटिएलले प्राधिकरणमा हालसम्म नवीकरणबापत शुल्क नबुझाएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘युटिएलको अनुमतिपत्रको अवधि १९ भदौसम्मको थियो,’ उनले भने, ‘उक्त दिनसम्म नवीकरणको कुनै प्रक्रिया वा निर्णय नभएका कारण उसको अनुमतिपत्रको म्याद सकिएको मानिन्छ ।’

युटिएलले नवीकरण शुल्क २० अर्ब र तीन महिनाअघि शुल्क नबुझाएबापतको जरिवाना १५ प्रतिशत अर्थात् तीन अर्बसमेत गरेर २३ अर्ब रुपैयाँ शुक्रबारसम्म बुझाउनुपर्ने थियो । 

See More On

सुझावित समाचार