रसुवा बाढीपीडितलाई चौथो खेपमा ७५ थान ग्यास सिलिन्डर वितरण

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

रसुवा बाढीपीडितका लागि उद्योगीले चौथो खेपमा ७५ थान सगर ब्रान्डका ग्यास सिलिन्डर बाढी प्रभावित रसुवा पठाएका छन्।

शनिबार दिउँसो बबरमहलस्थित आयल निगमको कार्यालयबाट उक्त ग्यास जिल्ला प्रशाशन कार्यालय, रसुवाले प्राप्त गर्ने गरी पठाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जानकारी दिए ।

संघले बाढी प्रभावित क्षेत्रमा साढे १२ सय थान ग्यास राहतबापत उपलब्ध गराउने निर्णय गरिसकेको छ। यसअघि २३२ थान नेपाल ग्यासको सिलिन्डर पठाइसकिएको अध्यक्ष चन्दले जानकारी दिए। ‘बाढी प्रभावित क्षेत्रमा तत्कालै ठुलो मात्रामा ग्यास पठाउने योजनामा थियाैँ, तर पृथ्वी राजमार्ग अवरुद्ध भई आपूर्तिमा असर परेकाले विस्तारै  पठाउन थालिएको हो,’ उनले भने।

यसअघि, ग्यास उद्योगीको अर्को संगठन ‘एलपी ग्यास उद्योग संघ नेपाल’ ले पहिलो चरणमा १ सय र दोस्रो चरणमा ५० थान ग्यास बाढी प्रभावित क्षेत्रमा पठाइसकेको छ। हालसम्म प्रभावित क्षेत्रमा कुल चार सय ५७ थान ग्यास सिलिन्डर वितरण भइसकेको छ। 

सुझावित समाचार