चीनको केरुङमा रहेका थप ९६ नेपाली नागरिक शनिबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्।
चिनियाँ पक्षले हस्तान्तरण गरेका ९६ जनामध्ये ७६ पुरुष र २० महिला रहेका छन्। उनीहरू सबै रसुवाका नागरिक रहेको बताइएको छ।
उनीहरूलाई ल्याएको बसले काठमाडौंको माछापोखरीसम्म मात्र सेवा दिने जनाइएको छ।
यसअघि बिहीबार पनि केरुङबाट ११४ जना नेपाली नागरिक स्वदेश फर्किएका थिए। बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने क्रम जारी छ।