भोटेकोशी बाढीको ११औँ दिनमा नुवाकोटको वेत्रावतीबाट एक महिलाको जीवितै उद्धार भएको छ। बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो चण्डिका श्रेष्ठको उद्धार गरेको हो।
उनी आफ्नै घरभित्र बाढीमा फसेकी थिइन्। सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकको टोलीले उनको उद्धार गरेको हो। उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए।
शनिबार नै त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार भएको छ।
हेर्नुहोस् भिडियो-