बिच भलिबलमा नेपाल महिला टोली विजयी

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन् । भुटानको थिम्पुमा शुक्रबार नेपालका दुवै टोलीले आयोजक भुटानलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।

पहिलो खेलमा भावना डाँगी र सुनीता डाँगीको जोडीले भुटानका किन्ले र रिन्चेनको जोडीविरुद्ध २१–१२ र २१–८ को जित निकाले । दोस्रो खेलमा कमला पुन र कोपिला रानाको जोडीले एकतर्फी जित हात पारे । रानाको जोडीसँग भुटानका भुकर्मा र डिचेनको जोडी २१–५ र २१–१६ ले निराश बने । 

यसैगरी, पुरुषतर्फ नेपालले पहिलो जित निकालेको छ । शुक्रबार नै भएको खेलमा नेपालले घरेलु टोलीविरुद्ध २–० को सोझो सेटको जित निकाल्यो । नेपालका झमनसिंह दर्जी र शरण कार्कीको जोडीले भुटानका फब ग्याल्टसेन र छिरिङ ड्रग्पाको जोडीलाई २१–१९ र २१–१५ ले निराश बनाएका हुन् । नेपाल पहिलो खेलमा भारतसँग सोझो सेटमा पराजित भएको थियो । महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडी बंगलादेशसँग २–१ को सेटमा पराजित भएका छन् । 

See More On

सुझावित समाचार