सामाजिक सञ्जालमार्फत ‘ब्ल्याकमेलिङ’ गरी ठगी गर्ने २३ वर्षीय युवक पक्राउ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जालमार्फत ‘ब्ल्याकमेलिङ’ गरी नाै लाख ९५ हजार ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले एक २३ वर्षीय युवकलाई पक्राउ गरेकाे छ। ह्याकर हुँ भन्दै महिलालाई धम्की दिएर रकम लिएको आरोपमा प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ घर भई काठमाडौंको कीर्तिपुर बस्ने कमलबहादुर बुढालाई नियन्त्रणमा लिएको हो।

उनले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ह्याकर रहेको र महिलाको नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको बताएका थिए। रकम नदिए ती तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ।

युवकलाई आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार