बाढीले बगाएको ठाउँमा बेलिब्रिज जडानका लागि नेपाली सेनाले काम थालेको छ । नुवाकोटको देवीघाटमा पहिलो चरणमा पुल जडान गर्न लागिएको छ ।
देवीघाटस्थित तादी नदी पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । सो ठाउँमा पुल जडानका लागि गजुरीमा रहेको एक्रो ब्रिजका केही भाग त्रिशूली पुर्याएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ ।
१० भदौको बाढीले ३५ भन्दा धेरै पुल बगाएको थियो। अत्यावश्यक स्थानमा तत्काल बेलिब्रिज जडान गर्न लागिएको छ । चीनले पनि शुक्रबार दुईवटा बेलिब्रिज सहयोग गरेको छ।